Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

उपेन्द्र यादव चुनिए संसदीय दलको नेता 

उपेन्द्र यादव चुनिए संसदीय दलको नेता 

  • 538
    SHARES
  • उपेन्द्र यादव चुनिए संसदीय दलको नेता 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । 

    सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् । 

    नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भनेर डा बाबुराम भट्टराईले राखेको प्रस्तावमा महेन्द्रराय यादवले समर्थन जनाएका थिए । सबैको एकमत रहेपछि यादव संसदीय दलको नेतामा सर्वसम्मत चुनिएको जसपाका सांसद प्रमोद साहले जानकारी दिए ।
    जेष्ठ सदस्या महेन्द्र राय यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित सहभागी थिए ।

    निर्वाचन आयोगले यादवले नेतृत्व गरेको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो । यसअघि कसैलाई थाहै नदिइ जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतो चुनिएको प्रचार गरिएको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij