काठमाडौं– मेलम्चीमा फेरि भीषण बाढी आएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार असार १ गते झै हेलम्बु क्षेत्रमा एक्कासी ठूलो बाढी आएको छ।
उनले अहिले पनि पानीसँगै माटोको लेदो बगिरहेको बताए। सामान्य वर्षामा पनि बाढी आएकाले चनौते भन्दा माथिको क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि फेरि बाढी आएको हुनसक्ने पोखरेलको भनाइ छ।
बाढी आएसँगै तटीय क्षेत्रका सबै जनतालाई सुरक्षित स्थानमा लगिसकेको उनको भनाइ छ। असार १ मा बाढीले क्षति पुर्याएको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि फेरी बाढी आएको हो।
बाढीले ठूलाठूला काठ र रुखै बगाएर ल्याइरहेको छ। प्रहरीले तटवर्ती क्षेत्रका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाटका बासिन्दालाई सुरक्षित रहन अपिल गरेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij