Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मेलम्चीमा फेरी बाढी, १२ घर र एक झोलुङ्गे पुल बगायो 

मेलम्चीमा फेरी बाढी, १२ घर र एक झोलुङ्गे पुल बगायो 

  • श्रावण १७, २०७८ आइतवार ०९:१८ बजे
  • 973
    SHARES
  • मेलम्चीमा फेरी बाढी, १२ घर र एक झोलुङ्गे पुल बगायो 

    काठमाडौं– मेलम्चीमा पुनः बाढी आउँदा १२ घर र एक झोलुङ्गे पुल बागाएको छ। अविरलको वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले  मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको हो ।

    सिन्धुपालचोक प्रहरीका अनुसार शनिवार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् ।

    त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ । ग्याल्थुम बजारका ४० घर जोखिममा रहेको बताइएको छ। 

    हेलम्बु किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए । यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो । 

    बर्खा रोकिए पनि बाढीले खोलाको सतह घटबढ भइरहेकाले स्थानीय अझै त्रस्त छन् । मेलम्ची सडकखण्डबाट हेलम्बु जोड्ने मोटरेबल पुल बाढीले हानेर थप क्षतिग्रस्त बनाएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij