Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मुटु घोच्ने काँडाहरू [गीत]

मुटु घोच्ने काँडाहरू [गीत]

  • 932
    SHARES
  • मुटु घोच्ने काँडाहरू [गीत]

    मेरो जीवन मेरै खुसी रमाएर बाँच्छु
    आफ्नै मनको ढुकढुकीलाई समाएरै नाच्छु

    images

    चिन्ता गर्नु छैन मलाई सधैं हाँसिरन्छु
    आफ्ना साथीभाइसँग हात गाँसिरन्छु

    विषादलाई बिर्सिदिन्छु माया मात्र साँच्छु 
    मेरो जीवन मेरै खुसी रमाएर बाँच्छु

    भन्नेहरू के-के भन्छन् मतलब छैन मलाई 
    पीडा दिन्न कसैलाई सोच्छु सधैं भलाइ 

    मुटु घोच्ने काँडाहरू हाँसी हाँसी भाँच्छु
    मेरो जीवन मेरै खुसी रमाएर बाँच्छु । 

     

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology