Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

  • 418
    SHARES
  • कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

    बागलुङ । बागलुङ नगरपालिका‍-१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन ।

    नदीमा बेपत्ता बागलुङ-४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

    'खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन', उनले भने ।

    बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij