Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ 

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ 

  • 581
    SHARES
  • एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ 

    घोराही ।  घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए ।

    एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिए ।

    त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij