वेबटिभी खबर
काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । आइतबार कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मी माथि प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले सोमबार धर्ना सुरु गरेका हुन् ।
डा. गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको आरोप लगाउँदै उनीहरूले अस्पतालमा आउन रोक लगाउने भन्दै धर्नामा बसेका हुन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij