Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कांग्रेसका युवा नेताले शशांकलाई भने– सम्मानजनक हैसियत नपाई  सरकारमा नजाऔं 

कांग्रेसका युवा नेताले शशांकलाई भने– सम्मानजनक हैसियत नपाई  सरकारमा नजाऔं 

  • श्रावण १८, २०७८ सोमवार २१:०७ बजे
  • 595
    SHARES
  • कांग्रेसका युवा नेताले शशांकलाई भने– सम्मानजनक हैसियत नपाई  सरकारमा नजाऔं 

    काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसका युवा नेताहरूले सम्मानजनक हैसियत नपाई सरकारमा जान नहुने बताएका छ। महामन्त्री शशांक कोइरालासँगको भेटमा उनीहरुले सम्मानजनक हैसियत नपाई सरकारमा जान नहुने सुझाव दिएका हुन्।

    महामन्त्री कोइरालाले युवा नेताहरूलाई बोलाएर धारणा माग गरेका थिए। छलफलमा कांग्रेसका युवा नेताहरू दीपक गिरी, कमला पन्त, रत्ना शेरचन, गगन थापा, धनराज गुरुङ सहभागी थिए। यस्तै सरिता प्रसाईं, बद्री पाण्डेय, गुरुराज घिमिरे, प्रदीप पौडेल, किरण यादव, कल्याण गुरुङ, जीवन परियार सहभागी थिए। 

    यस्तै क्रियाशील सदस्यता वितरणका क्रममा संस्थापन पक्षले धाँधली गरेको विषयमा समेत छलफल भएको बताइएको छ।  महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने जानकारी गराउँदै युवा नेताहरुलाई सहयोगका लागि आग्रह गरे।

    उनले संस्थापनइतर समूहबाट आफू साझा उम्मेदवार बन्ने दावी गरेका थिए । युवा नेताहरुले महाधिवेशनमा संस्थापन इतर समूह एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij