Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कक्षा १२ को परीक्षा अन्यौलमा, कहिले र कसरी होला?

कक्षा १२ को परीक्षा अन्यौलमा, कहिले र कसरी होला?

  • श्रावण १९, २०७८ मंगलवार ०७:४४ बजे
  • 1.1K
    SHARES
  • कक्षा १२ को  परीक्षा अन्यौलमा, कहिले र कसरी होला?

    काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।

    images

    प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । 

    राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको आजको नेपाल समचारपत्रले लेखेको छ ।

    परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए । 

    मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए । 

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology