Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ओली र नेपालबीच भेटवार्ताको तयारी, एमाले विवाद समधान होला त? 

ओली र नेपालबीच भेटवार्ताको तयारी, एमाले विवाद समधान होला त? 

  • श्रावण १९, २०७८ मंगलवार १०:०३ बजे
  • 649
    SHARES
  • ओली र नेपालबीच भेटवार्ताको तयारी, एमाले  विवाद समधान होला त? 

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।  चर्किएको एमाले विवाद समधानका लागि दुई नेताबीच भेटवार्ताको तयारी भएको हो। 

    यसअघि ओलीनिकट नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटक–पटक भेटेर ओलीसँग छलफल गर्न आग्रह गरेका थिए। 

    यसअघि नेपाल ओलीसँग भेट्न इच्छुक थिएनन्। एमालेमा लामो समयदेखि अध्यक्ष ओली र नेता नेपालबीच विभिन्न विषयमा कुरा मिलेको छैन। पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।

    त्यसपछि ओलीले नेपाललाई गद्दारको आरोप लगाउँदै आएका छन्। ओलीले नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आएका छन्।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij