Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अखण्ड नेपाल, संघीय लिम्बुवानसहित ४१ वटा राजनीतिक पार्टी खारेज 

अखण्ड नेपाल, संघीय लिम्बुवानसहित ४१ वटा राजनीतिक पार्टी खारेज 

  • 1.2K
    SHARES
  • अखण्ड नेपाल, संघीय लिम्बुवानसहित ४१ वटा राजनीतिक पार्टी खारेज 

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । आयोग उच्च प्रतिनिधिहरुको मंगलबार बसेको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई खारेजी गरेको हो ।

    आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार २० साउनदेखि यो निर्णय लागु हुनेछ । दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरुले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ । 

    आयोगको निर्णय अनुसार शिवसेना पार्टी, अखण्ड नेपाल, नेपाली कांग्रेस राष्ट्रवादी, चुरे भावरलगायतका दलहरूको दर्ता खारेज भएको हो ।

    यस्तै संघीय लिम्बुवान र किराँत खुम्बुवान पार्टी पनि खारेजीमा परेका छन् । आयोगको निर्णयसँगै अब निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ । यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।

    1.jpg

    2.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij