वेबटिभी खबर
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि पछाडि सारिएको छ । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार सुचना जारी गरी सबै परीक्षाहरु एक साताका लागि स्थगित गरिएको जनाएको छ ।
संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलनमा रहेको र वार्ता टुंगोमा पुग्न नसक्दा परीक्षा स्थगित गरिएको हो ।
‘परीक्षा व्यवस्थापन कार्यालयको ११ गतेको सूचना अनुसार एक हप्ता पछाडि सारिएको परीक्षा निर्धारित समयमा सम्पन्न गर्न तत्पर रहँदारहँदै पनि असमान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रम पुनः एक हप्ताका लागि सारिएको छ,’ परीक्षा व्यवस्थापन सह-प्रमुख नरेन्द्रप्रकाश साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमा लिने जनाएको थियो ।
तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए । १२ साउादेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij