Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अबको आवश्यकता माओवादी एकता

अबको आवश्यकता माओवादी एकता

  • 1.6K
    SHARES
  • अबको आवश्यकता माओवादी एकता

    पछिल्लो समय नेपालको राजनीतिमा एउटै दलभित्रका गुटगत झगडाले प्राथमिकता पाइरहेको छ । यतिसम्म कि आफ्नै पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउनेसम्मको खेल भर्खरै भएको छ । नेपाली राजनीतिमा आफूले भनेजस्तो भएन भने सांसाद नै अपरहण गर्ने या बन्द कोठाभित्र थुनेर राख्ने घिनलाग्दो कार्य पुनः एकपटक दोहोरिएको छ । जुन कार्यको जति निन्दा गरे पनि हुन्छ । 

    images

    कुनै व्यक्तिले आफ्नो स्वार्थ पूर्तिका लागि पार्टी र राजनीतिलाई नै बद्नाम पार्ने गरी यस्ता हर्कत गरिरहेका हुन्छन् भने उनीहरूभित्र नैतिकता खोजिरहनु व्यर्थ हुनेछ । यस्ता कार्य राजनीतिमा अत्यन्तै लज्जास्पद र गैर-जिम्मेवारको पराकाष्ठाको द्योतक हुन् । यस्ता खेलले राजनीतिलाई सही दिशातिर डोर्याउँदैन र डोर्याएको पनि छैन । जसको उदाहरण हामीले प्रत्यक्ष देख्दै आइरहेका छौँ ।

    राजनीतिलाई पछिल्लो क्रममा यसरी दुर्गन्धित पारियो कि यसले पारदर्शीताको आकार ग्रहण गर्न निकै लामो समय लाग्ने देखिन्छ । राजनीतिलाई मुख्यत दुई खेलको रूपमा लिने गरिन्छ एउटा फोहोरी खेल र अर्को सम्भावनाको खेल । त्यसो त यो आफैँ फोहोरी भएको भने होइन । यसलाई फोहोरी राजनीतिज्ञले बनाउने हे । जसलाई नियम कानुन र पार्टीको आचारसंहिताको कुनै मतलब नै हुँदैन । यसरी नै आफ्नो स्वार्थ अनुसार चल्दै जाँदा नै राजनीतिले बाटो बिराउँदै आएको छ । जुन अहिले पनि जारी छ । 

    खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ? खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

    नेपाली समाजमा एउटा भनाइ छ ‘मर्दा पर्दा चाहिने आफ्नै दाजुभाइ हो ।’ यो भनाइ मात्र होइन व्यवहारमा पनि चरितार्थ हुँदै आएको छ । झगडा भनेको छरछिमेकीसँग मात्र होइन आफ्नै परिवारका सदस्यसँग पनि भइरहने गर्छ । छरछिमेकसँगको झगडा केही टिकाउ होला तर परिवारका सदस्यसँग हुने गरेको झगडा भनेको परालकै आगो जस्तो हो ।

    राजनीतिमा कस्तोसम्म हुन्छ भने, मौका पर्दा अलिकति पनि ठाउँ नराखी भन्ने र उतिखेरै एउटै टेबलमा बसेर सहकार्य पनि भइहाल्ने । केवल विचार र सिद्धान्तकै आधारमा व्यक्तिले आफ्नो राजनीतिक धार बनाउने गर्छ । एउटै राजनीतिक दलभित्र पनि व्यक्ति अनुसारको विचार र सिद्धान्त फरक हुने गर्छ ।

    पार्टीमा विभाजन आउनु र गुट निर्माण हुनाका प्रमुख कारण नै विचार, सिद्धान्त र स्वार्थ हुन् । जसरी अहिलेको संसदीय प्रणलीमा सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा एमाले विभाजनको डिलमा छ । जनता समाजवादी पार्टी पनि उही अवस्थामा छ । 

    एमाले विभाजन तर्फ लाग्छ कि एकताको बाटोमा पुग्छ भन्ने अझै निर्धारण भइसकेको छैन । तर तत्कालीन नेकपा गठनपछि एउटा के कुरा प्रमाणित भएको छ भने कुटुम्वसँगको एकता कहिल्यै पनि दिगो नहुने देखिएको छ । जति झै-झगडा भएपनि सगोत्री नै मिल्नुको विकल्प देखिएन । चाहे मधेसवादी दलमा होस् या एमालेमा व्यवहारले देखाएको ताजा प्रमाण यही हो । 

    २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको एकता सगोत्रीको नभएर कुटुम्वसँगको एकता थियो । त्यसैले यसले दीर्घकालीन आकार ग्रहण गर्न सकेन । कुटुम्वलाई जतिसुकै राम्रो गरे पनि त्यसको जस पाईँदैन । नेकपामा रहँदा ओली र प्रचण्डको सम्बन्ध पनि त्यस्तै थियो । जो सुरुमा घनिष्ट हुन्छ र बिस्तारै टाढाटाढा हुँदै जान्छ । 

    त्यसैगरी टाढिँदै गएको ओली प्रचण्डको सम्बन्धलाई अन्ततः सार्वोच्ले नै दुई तिर बनाइदियो । एमालेसँग पार्टी एकताको घोषणा गरेका प्रचण्डलाई ठूलो दलको नेता हुन पाएकाले नेकपाको एकता कायमै रहोस् भन्ने हुँदो र तर ओलीलाई जसरी भएपनि पार्टीबाट प्रचण्डलाई गलहत्याउनु नै थियो । त्यसैले ओलीका लागि सर्वोच्चको फैसला सुखद भएपनि प्रचण्डका लागि त्यो अनिष्ट थियो । किनकी ठूलो झरीका बेला ओत लाग्न गएको घरको छानो नै उडाएपछिको अवस्था के होला ? सर्वोच्चको फैसला ओलीका लागि कुचोको काम बतासले गरेको जस्तो भएको हुनुपर्छ ।  

    सर्वोच्चले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पुर्याइदिएपछि सुरु भएको एमाले भित्रको विवादकै कारण केन्द्रदेखि प्रदेश सम्मका सरकारमा हल्लीखल्ली मच्चियो र राजनीति नै उथुलपुथुलको अवस्थामा पुग्यो । एमाले २०७५ जेठ २ मा फर्कन सक्छ भने माओवादी २०६९ असार वा अझै त्यो भन्दा अगाडि फर्कन किन सक्दैन ? अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एकको पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन । 

    संसदीय व्यवस्थालाई शत्रू ठान्दै आएको माओवादीका अध्यक्ष प्रचण्ड नै शान्ति प्रकृयामा आएपछि सबैभन्दा बढी यही व्यस्थामा खेल्न पुगे जसले गर्दा आज पार्टी सानो बन्दै गएको छ । अब माओवादीले असफल संसदीय राजनीति भन्दा पनि माथि उठेर सुधारिएको पद्धतीको खोजि गर्नुपर्ने हुन्छ । 

    संसदीय अभ्यासमा आएपछि माओवादीले एकाध पटक अरुलाई गोटि बनायो भने धेरैपटक ऊ आफैँ अरुको गोटी बनिरह्यो । अब अरु कसैको गोटि नबनेर आफ्नो घर मजबुत बनाउनतिर उसले कत्तिपनि ढिला गर्नु हुँदैन । माओवादी नेतृत्वले जनता, जनमुक्ति सेना, युद्धका घाइते, युद्धमा अपाङ्गका साथै सहिद परिवारसँग नजिक हुँदै आफूलाई विश्वास गर्ने आधार निर्माण गर्नुपर्छ ।

    माओवादी एकताः प्रचण्ड-बाबुराम नजिक, वैद्य-विप्लवमा ‘समस्या’ माओवादी एकताः प्रचण्ड-बाबुराम नजिक, वैद्य-विप्लवमा ‘समस्या’

    त्यो धरातल र विश्वास माओवादीले योबीचमा मेटाएको छ । हजारौँ जनताको त्याग, बलिदान र तपस्याबाट आएको यो पार्टीले आजको अवस्था भोग्नु पर्नाको मुख्या कारण ऊ आफैँ हो । कुनैबेला प्रचण्डको बोलिमा बेग्लै वजन थियो । आज तिनैको बोलिलाई नागरिकले हाँसोको विषय बनाइरहेका हुन्छन् ।

    यी सबै मओवादीको नेतृत्वमा भएको मपाईँत्वको कारणले होइन र ? पहिले अरु पार्टीका नेता प्रचण्डलाई कन्भिन्स गर्न रुकुम रोल्पा मात्रै होइन दिल्लीसम्म पुग्थे, आज कस्तो छ प्रचण्डको अवस्था ? आज माओवादी पार्टी किन यो अवस्थामा आइपुग्यो ? एकपटक एकचित्त भएर सोचबिचार र मनन गर्नुपर्ने बेला आएको छ । 

    अहिले संसदमा रहेको माओवादी मात्रै होइन संसद बाहिर रहेका र माओवादीबाटै छुट्टीएर गएकाहरूले पनि पार्टी एकताका बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । फुटेर केही नहुने रहेछ भन्ने त बिगत एक दशकले देखाइसकेको छ । जुट्नु नै अवको आवश्यकता हो भनेर सबैले बुझ्नु जरुरी छ । किनकी माओवादीबाट कुनै न कुनै कारणले छुटेर गएकाहरूले अहिलेसम्म आफूलाई अब्बल र सफल प्रमाणित गर्न सकेका छैनन् । 

    पार्टी बिभाजनपछि कतिपयको आफ्नो स्वार्थ पूरा भयो होला, आफ्नो कामना पूरा गरे होलान् । तर एक्लाएक्लै हिँडेर बैद्य, बिप्लव, बाबुराम, प्रचण्ड कसैले देखेको र बोकेको उद्देश्य पनि पूरा हुन सकेको छैन । अझै पनि एक्लै हिँडिरहने हो भने अलिअलि बचेखुचेका उपलब्धि पनि गुम्ने निश्चित छ । 

    सम्भब भएसम्म पार्टीका नेतृत्व जति सबैले लिडसिपबाट विदा लिएर दोस्रो पुस्ताका नेतालाई नेतृत्व सुम्पिएर एउटा छुट्टै पार्टीको निर्माण गर्दा अझ राम्रो हुन्छ । अहिलेका लिडरसिप सल्लाहकारको भूमिकामा बसे हुन्छ । अझै पनि नेतृत्व गर्ने हो भने एउटा फरक र शक्तिशाली पार्टी निर्माण गर्ने किसिमले अगाडि बढ्नु नै अबको कार्यदिशा बनाउन जरुरी छ । 

    एकता, रुपान्तरण, सकेसम्म नयाँ नेतृत्व, नयाँ कार्यदिशा, नयाँ एजेण्डा, बैज्ञानिक समाजवादी सत्ता निर्माणको नारालाई अगाडि सारेर सम्पूर्ण माओवादीहरूको ध्रविकरण हुन अत्यावश्यक छ । यसरी जुटेर आएमा अझै पनि एकपटक जनताले अवसर दिन सक्नेछन् । अन्यथा आगामी दिनमा अहिलेको माओवादी केन्द्र मात्रै होइन बाबुराम, बैद्य, विप्लवलगायत कसैको पनि व्यक्तिगत वा राजनीतिक भविष्य उज्वल देखिँदैन । 
       

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology