Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दार्चुला घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारलाई नारायणकाजीको आग्रह

दार्चुला घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारलाई नारायणकाजीको आग्रह

  • 841
    SHARES
  • दार्चुला घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारलाई नारायणकाजीको आग्रह

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

    राष्ट्रियसभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरुले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गरे । उनले उक्त घटना अमानवीय र क्रूर भएको भन्दै भत्र्सना पनि गरे ।

    'उक्त घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा क्षमायाचना गर्छुपर्छ', नेता श्रेष्ठले भने, 'दोषीमाथि तत्काल कडा कारवाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदाेहाेर्याउन जोडदार माग गर्दछु ।'

    उनले उक्त घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना  गरे ।  उनले छानबिन समितिको रिपोर्ट छिटो ल्याई दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गरे ।

    भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कूटनीतिक ढङ्गबाट सकारात्मकरूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कदापि नसहने चेतावनी पनि दिए । 'त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली जनता तयार छन्', उनले थपे । 

    उनले पटक-पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परेरिरहेको सन्दर्भ जोड्दै श्रेष्ठले विदेशी हस्तक्षेपविरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गरे ।

    उनले कतिपय असमान सन्धि-सम्झौता लादिरहेको र आन्तरिक मामलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपममा चुप लागेर नबस्न अनुरोध पनि गरे ।

    उनले नेपालको प्राकृतिक स्रोत सम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराए । उनले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यसविरुद्धको सङ्घर्षलाई सफलतामा पुर्याउनेमा दृढता व्यक्त गरे  । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij