दैलेख । दैलेखमा सोमबार बिहान चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर बेपत्ता भएकी आठबीसकोट नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका तीन छोराछोरीको शव भेटिएको छ ।
सुकी बडुवाल र उनका १० वर्षीय छोरा ललित बडुवालको शव मंगलवार दिउँसो कर्णालीको पल्लो किनारा अछामको पञ्चदेवल विनायक नगरपालिका ४ बेलखेतमा भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । सुकीकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल र माहिली छोरी १२ वर्षीया सरिता बडुवालको शव सोमबार दिउँसो
अछामको बेलखेतमै भेटिएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए । डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् र उनको खोजी भइरहेको छ ।
वडाअध्यक्ष प्रयागबहादुर शाहीकाअनुसार सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् । प्रहरीले सुकीका श्रीमान् मानबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij