वेबटिभी खबर
काठमाडौं । सरकारले २५ देखि ३२ साउनसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले २५ देखि ३२ साउनसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।
यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोनाविरुद्धको खोप लगाइने राज्यमन्त्री श्रेष्ठ बताए । एस्ट्राजेनेका खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले ‘कोभिसिल्ड’ को पहिलो मात्रा लगाएका नागरिकलाई उक्त लगाइने छ ।
दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने समेत राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij