Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भूमि आयोग खारेजीविरुद्ध बस्नेतले सुकुम्बासी सडकमा उतार्दै

भूमि आयोग खारेजीविरुद्ध बस्नेतले सुकुम्बासी सडकमा उतार्दै

  • 843
    SHARES
  • भूमि आयोग खारेजीविरुद्ध बस्नेतले सुकुम्बासी सडकमा उतार्दै

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमाले नेता महेश बस्नेतको अगुवाइमा युवा संघ सुकुम्बासीसहित बिहीबार प्रदर्शन गर्दैछ।

    नेता बस्नेतको अगुवाइमा युवा संघको टोलीसहितले भक्तपुरको मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरूलाई सडकमा उतार्ने भएको हो । देउवा नेतृत्वको मन्त्रिपरिषद्ले मंगलबार भूमि आयोग खारेज गरिदिएपछि एमाले आक्रोशित भएको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको आयोगले १ लाख ८३ हजार भूमिहीन, सुकुम्बासी र दलितलाई लालपूर्जा दिन लाग्दै गर्दा खारेजीमा परेपछि एमालेका युवाहरु सुकुम्बासीसहित आन्दोलित भएका हुन् ।  

    बस्नेतले सुकुम्बासीलाई लालपूर्जा दिने तयारी भइरहेका बेला देउवा सरकारले खारेज गरिदिएर ठूलो अन्याय गरेको तर्क गरेका छन्। 

    ओली नेतृत्वको सरकारले ज्ञवालीको अध्यक्षमा गठन गरेको आयोगले काम गरिरहेका बेला १४ महिनामै खारेजीमा परेको हो । एमालेले आयोग खारेज नगरी पदाधिकारी हटाएको भए सुकुम्बासीमाथि अन्याय नहुने तर्क गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij