Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साउन २७ गते लुम्बिनीको विशेष अधिवेशन,अविश्वासको प्रस्तावबारे छलफल हुने

साउन २७ गते लुम्बिनीको विशेष अधिवेशन,अविश्वासको प्रस्तावबारे छलफल हुने

  • 511
    SHARES
  • साउन २७ गते लुम्बिनीको विशेष अधिवेशन,अविश्वासको प्रस्तावबारे छलफल हुने

    रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशन अनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बोलाएको हो ।

    बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् ।

    ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । एमालेसँग ३९ जना मात्रै सदस्य रहेका मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै दुई मतको कमी रहेको छ । विपक्षी गठबन्धनसँग भने बहुमत अर्थात् ४१ सदस्य नै रहेका छन् ।

     

    release_1_ZfyYKULFrH.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij