Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

परीक्षा दिँदै सात दिनकी सुत्केरी 

परीक्षा दिँदै सात दिनकी सुत्केरी 

  • 800
    SHARES
  • परीक्षा दिँदै सात दिनकी सुत्केरी 

    गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छिन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका-४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । 

    images

    विद्यालयको शिक्षाशास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा परीक्षा दिइसकेको प्रधानाध्यापक हरिकृष्ण सुवदीले जानकारी दिए । ‘हामीले सुत्केरीका लागि छुट्टै स्तनपान कक्षको व्यवस्था गरेका छौँ’, प्रअ सुवेदीले भने ।

    उनकाअनुसार सामान्य विद्यार्थी जस्तै एउटै हलमा बसेर सुत्केरी विद्यार्थीले पनि परीक्षा दिएकी छिन् । विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफ नर्स) चन्द्रप्रभा भण्डारीले आमा र बच्चाको अवस्था भने सामान्य रहेको जानकारी दिए । 

    गत जेठमै सम्पन्न हुनुपर्ने कक्षा ११ र १२ को परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्यका न्युनतम मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि प्रकाश माविले गत आइतबारदेखि परीक्षा सुरु गरेको हो ।
      

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology