Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्– विद्यार्थीको परीक्षाभन्दा जीवन जरुरी

कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्– विद्यार्थीको परीक्षाभन्दा जीवन जरुरी

  • 671
    SHARES
  • कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्– विद्यार्थीको परीक्षाभन्दा जीवन जरुरी

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा कोभिड–१९ संक्रमणको त्रास कायमै रहेकाले अहिलेकै अवस्थामा कक्षा १२ को परीक्षा सञ्चालन गरिनु स्वास्थ्य मापदण्डका हिसाबले उचित नहुने बताएका छन् ।

    उनले विद्यार्थीका लागि परीक्षाभन्दा जीवन महत्वपूर्ण रहेको धारणा राख्दै कोभिड–१९ संक्रमण रोकथाम नभएसम्म परीक्षा सञ्चालन गर्न नहुने धारणा राखेका छन् ।  ‘परीक्षा जरुरी, जीवन रक्षा झनै जरुरी !,’ विश्वप्रकाशले ट्वीटरमा लेखेका छन्, ‘कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि परीक्षा रोकियोस् ।’ 

    उनले आफ्नी छोरीको लागि मात्र नभई देशका धेरै छोरीहरुको सुरक्षित जीवन चाहेको उल्लेख गरेका छन् ।  ‘म मेरी छोरीको सुरक्षित भविष्य चाहन्छु त्यसैले चाहन्छु अरु धेरै छोरीछोराको भविष्य सुरक्षा  सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी,’ उनले लेखेका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले यही ३१ साउनदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने कार्यसुची तयार गरिसकेको छ । विद्यालयहरुले भौतिक दूरी कायम गर्दै विद्यार्थीलाई आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाएको बताए पनि स्वास्थय विज्ञहरुले समेत त्यसरी परीक्षा सञ्चालन गरिनु स्वास्थ्य मापदण्डभित्र नपर्ने बताउँदै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij