Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अमेरिकामा पर्यटक विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिकामा पर्यटक विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

  • 742
    SHARES
  • अमेरिकामा पर्यटक विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको अलास्कामा एक पर्यटक विमान दुर्घटना हुँदा १ पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।

    अमेरिकी कोस्ट गार्डका अनुसार बिहीबार दक्षिणी अलास्कामा एमएच-६० जेहक हेलिकप्टरका कु्र मेम्बर्सले दुर्घटनाग्रस्त विमानको अवशेष भेटाएका हुन् । खराब मौसमका कारण विमान दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

    विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । संघीय विमान प्रशासन र राष्ट्रिय परिवहन सुरक्षा बोर्डले दुर्घटनाको अध्ययन गर्नेछ । यसभन्दा अगाडि सन् २०१९ मा दुईवटा पर्यटक विमान ठोक्किँदा १६ जनामध्ये ६ जनाको मृत्यु भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij