Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रदुषण कम गर्न जर्मनीमा विद्युतीय राजमार्ग 

प्रदुषण कम गर्न जर्मनीमा विद्युतीय राजमार्ग 

  • 587
    SHARES
  • प्रदुषण कम गर्न जर्मनीमा विद्युतीय राजमार्ग 

    काठमाडाैं । जर्मनीमा वातावरण प्रदुषण कम गर्न ५ किलोमिटर लामो विद्युतीय राजमार्ग निर्माण गरिएको छ । फ्रयांकफर्टनजिकै बनेको यस राजमार्गमा थमर स्मिडरले इलेक्ट्रिक ट्रक चलाएका थिए । 

    विश्वमा अहिले गाडीबाट हुने कार्बन उत्सर्जन घटाउने विकल्पको खोजी भइरहेको छ । इलेक्ट्रिक र हाइड्रोजन फ्युल सेल भएका सवारीहरु यसको समाधानको रुपमा विकसित भइरहेका छन् । तर लामो यात्राको लागि ब्याट्री र हाइड्रोजन बनाउनु महंगो हुने हुँदा जर्मनीले विद्युतीय राजमार्गकाे परीक्षण गरिरहेकाे छ ।  

    हाल परीक्षणका लागि दैनिक सामान भरिएका २० ट्रक यस राजमार्गमा चलाइन्छ । यस परियोजनामा आबद्ध विज्ञ हासो गु्रनजेसका अनुसार करिब ४ हजार किलोमिटरसम्मको विद्युतीय राजमार्ग बनाउन सके जर्मनीको ६० प्रतिशत ट्राफिक सहजै नियन्त्रण गर्न सक्नेछ । जर्मनीकाे वातावरण मन्त्रालयले अहिले यस्ता ३ वटा राजमार्ग निर्माण गर्दै छ । 

    जर्मनी सरकारका अनुसार एक किलोमिटर विद्युतीय राजमार्ग बनाउन करिब ३५ करोड रुपैयाँ खर्च हुन्छ । तर ट्रकमा लागू हुने प्रणाली सजिलो छ । जर्मनीको सिमेन्स कम्पनीले यस परीक्षणको लागि विद्युतबाट रेल चलाउनले खालका हार्डवेयर उपलब्ध गराएको छ । यसले ट्रक गुड्नुका साथै बिजुलीले ब्याट्रीसमेत चार्ज गराउँछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij