Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

झापामा साउन महिनाभर सिल गर्ने निर्णय

झापामा साउन महिनाभर सिल गर्ने निर्णय

  • 492
    SHARES
  • झापामा साउन महिनाभर सिल गर्ने निर्णय

    काठमाडौं । झापा जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को शुक्रबार बसेको बैठकले जिल्लामा साउनभर पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको छ । आज बसेको डीसीसीएमसीको बैठकले १६ साउनदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञालाई साउन महिनाभर लम्ब्याएको हो । 

    उक्त बैठकले जिल्लामा कोरोना संक्रमणको दर नघटेको भन्दै साउन महिनाभर निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो । औषधि, स्वास्थ्य सामग्री, इन्धनबाहेक अन्य पसल तथा व्यवसाय पूर्णरुपमा बन्द गर्ने बैठकको निर्णय छ ।

    तरकारी, फलफूल, माछामासुका पसलहरु  बिहान ६ बजेदेखि ८ बजेसम्म  खोल्न पाइँदै आएकोमा आजको बैठकले यी पसलहरुसञ्चालन गर्न बेलुका १ घन्टाको समय थपेको छ ।

    अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगन गर्ने र कर्मचारीले बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधानमा आवतजावत गर्ने पाउने बैठकको निर्णय छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij