Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

  • 746
    SHARES
  • गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता

    ललितपुर । गोदावरी उद्योग वाणिज्य सङ्घ र जनभावना क्याम्पसबीच विद्यार्थीलाई उद्यमी बनाउन सम्झौता भएको छ । विद्यार्थीलाई विभिन्न उद्योग तथा व्यवसायमा तालिम, अध्ययन र अवलोकनका लागि सघाउने उद्देश्यले सङ्घका अध्यक्ष जगनाथ महर्जन र क्याम्पस प्रमुख शिवराज सञ्जेलले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    images

    अध्यक्ष महर्जनले यस क्याम्पसमा स्नातक तथा स्नातकोतर तहमा अध्ययनरत विद्यार्थीलाई बैंक, होटल, कृषि आदि क्षेत्रका काममा प्रशिक्षण दिलाएर  रोजगारीका लागि समेत वातावरण तयार गर्न लागिएको बताए । उनले भने, ‘गोदावरीभित्रका सयौँ औद्योगिक प्रतिष्ठानमा क्षमता हेरी विद्यार्थीलाई काम गर्न पठाइनेछ । यसबाट विद्यार्थीमा कामको खोजी गर्ने झण्झट हुँदैन ।’

    क्याम्पस प्रमुख सञ्जेलले अध्ययनरत विद्यार्थीलाई काममा लगाउनाका साथै विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्नसमेत पठाइने बताए । उनले भने, ‘अध्ययनरत विद्यार्थीलाई विभिन्न क्षेत्रमा अब्बल गराउन  नगरपालिका, बैंक र  सहकारी गरी १३ संस्थासँग पनि सम्झौैता गरिसकेका छौँ ।’ 
     
    गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले समृद्ध गोदावरीको अभियान साकार पार्नका लागि यस कार्यले मलजल थप्ने विश्वास व्यक्त गरे । उक्त क्याम्पसमा स्नातक तथा स्नातकोतर तह अध्ययन गर्ने ६५० विद्यार्थीमध्ये १५० ले आफ्नो पेशा अपनाइसकेका र कोही आफ्नै काममा आबद्ध रहेकाले बाँकीले उक्त अवसर पाउने भएका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology