Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन

  • 752
    SHARES
  • पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन

    काठमाडौं । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सुचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

    कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासंघ पूर्वमहासचिव इन्द्रबहादुर मगर, महासंघ र सञ्चार उद्यमी एशोसिएसनको तर्फबाट एक/एक प्रतिनिधि सदस्यका रुपमा रहने छन् ।

    समितिको बिहीबार सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।

    यसअघि सम्बन्धीत पक्षले ध्यान नदिँदा पटक-पटक बैठब बसे पनि ०७५ सालदेखि पत्रकारको पारिश्रमिक पुनरावलोकन हुन नसकेको बताइएको छ ।

    कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नुको कारण विश्लेषणसहितको प्रतिवेदन समितिलाई एकमहिनाभित्र पेश गर्नेछ ।

    बैठकले कोरोना सङ्क्रमणमा जोखिम मोलेर काम गर्ने पत्रकारका लागि विषेश राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसमक्ष आग्रहसमेत गरेको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij