Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

  • 628
    SHARES
  • एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

    काठमाडौं । विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस परीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो । 

    images

    विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन गरेर सर्वोकृष्ट अङ्क ल्याउनुभएको हो । भाइब्रेन्ट विस २०६८ मा स्थापना भएको शैक्षिक संस्था हो । 

    विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल सरकारी विद्यालयमा पढेर एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क ल्याउनु विद्यालयका लागि खुसीको कुरा भएको बताए । काठमाडौँ महानगरपालिका–११ मा सञ्चालित विश्व निकेतन माविमा हाल तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

    भाइब्रेन्ट सेन्टरका अध्यक्ष केपी शर्माले शिक्षक र विद्यार्थीको मेहनत र लगनशीलताका कारण झा सर्वोकृष्ट विद्यार्थी बन्न पुगेको बताए । सर्वोकृष्ट विद्यार्थी झाले २०० पूर्णाङ्कको परीक्षामा १८६ अङ्क प्राप्त गरेका थिए । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित उक्त परीक्षामा देशभरका ११ हजार विद्यार्थी सहभागी भएका थिए ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology