Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

  • 1.2K
    SHARES
  • कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

    images

    शनिबार बसेको बोर्डको बैठकले महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा सञ्चालन गर्ने गरी ३१ साउनदेखि हुने तय भएको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    पुनः परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिर महिनामा भएको थियो ।

    परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

    बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दबाब परिरहेको थियो ।

    पौडेलका अनुसार कोभिडको परिस्थितिलाई आकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ ।

    हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय नभएको बोर्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology