वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ५७७ जनाको नमुना परीक्षण गर्दा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १७ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज थप १९ जनाकाे संक्रमणकै कारण निधन भएकाे छ ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३५ हजार ४३२ पुगेकाे छ । केही दिनयता दैनिक थपिने संक्रमितकाे तुलनामा निकाे हुनेकाे संख्या कम भइरहेकाे छ ।
मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा विगत २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले काेराेनाविरूद्धकाे खाेप लगाएकाे उल्लेख छ । हाल दैनिक खाेप लगाउनेकाे संख्या भने बढेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij