Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, चार बजे सार्वजनिक गरिँदै

सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, चार बजे सार्वजनिक गरिँदै

  • श्रावण २४, २०७८ आइतवार १५:०० बजे
  • 490
    SHARES
  • सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, चार बजे सार्वजनिक गरिँदै

    काठमाडौं ।  सरकारको न्यूनतम साझा कार्यक्रमलाई सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले अन्तिम रुप दिएको छ । आइतबार बिहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले उक्त कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

    हामीले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीले हेरेपछि  नेताहरुले फाइनल गर्नुभयो,’ कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । अन्तिम रुप दिइसकिएको उक्त प्रतिवेदन आजै दिउँसो ४ बजे सिंहदरबार सार्वजनिक गर्न लागिएको खड्काले बताए ।

    ‘आजको बैठक सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनलाई फाइनल गर्ने कुरामा केन्द्रित थियो । नेताहरुले हेरेपछि फाइनल भएको छ,’ उनले भने । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रिमण्डल विस्तारबारे छलफल सुरु हुने उनको भनाइ छ । सत्तागठबन्धनका शीर्ष नेताले मन्त्रीको टुंगो लगाए आज वा भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij