Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चौतर्फी आलोचनापछि स्थानीय तह प्रदेशमातहत ल्याउने प्रस्तावबाट पछि हट्यो गठबन्धन कार्यदल

चौतर्फी आलोचनापछि स्थानीय तह प्रदेशमातहत ल्याउने प्रस्तावबाट पछि हट्यो गठबन्धन कार्यदल

  • 459
    SHARES
  • चौतर्फी आलोचनापछि स्थानीय तह प्रदेशमातहत ल्याउने प्रस्तावबाट पछि हट्यो गठबन्धन कार्यदल

    काठमाडौं । स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट सत्तारुढ गठबन्धन पछि हटेको छ । चौतर्फी आलोचना भएपछि संयुक्त सरकार सञ्चालनका लागि बनाइएको न्यूनतम साझा कार्यक्रममा समेटिएको सो विषय हटाइने भएको हो । 

    न्यूनतम साझा कार्यक्रममा  ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रस्ताव गरिएको थियो । गठबन्धनका नेताले उक्त प्रतिवेदनबारे शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेका थिए । 

    शुक्रबार उक्त प्रस्ताव बाहिरिएसँगै यसको चौतर्फी आलोचना र विरोध भएको थियो । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेससमेत त्यसको विरोधमा उभिएपछि अहिले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले उक्त बुँदालाई सच्याएको छ । 

    कार्यदल सदस्य देव गुरुङ न्यूनतम साझा कार्यक्रममा त्यस्तो कुरा नभएको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा कार्यक्रम गरेर सरोकारवाला संस्थाहरू गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले यसमा आपत्ति जनाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    यस्तै न्यूनतम साझा कार्यक्रमको बुँदा नं। ३।२ ९२० मा रहेको ‘राष्ट्रिय सुरक्षाको जिम्मा सुरक्षा फौजको मात्र नभइ सम्पूर्ण नागरिकको हो भन्ने मान्यतालाई स्थापित गर्ने’ बुँदामा पनि कांग्रेस असहमत देखिएको छ। कांग्रेसको असहमति पछि उक्त बुँदा पनि सच्याइएको बताइएको छ। आइतबार अपराह्न ४ बजे सिंहदरबारमा कार्यक्रम गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij