वेबटिभी खबर
धादिङ । उत्तरी धादिङबाट जिल्ला सदरमुकामसम्म पुग्ने बाटाको ठाउँठाउँमा पहिरो जाँदा त्यहाँको आवागमन बन्द भएको छ ।
लगातारको वर्षाले पहिरो जाँदा त्यहाँका बाटा अवरुद्ध भई जिल्ला सदरमुकामसम्म सम्पर्क पनि टुटेको छ ।
रुविभ्याली गाउँपालिका-५ को नेवेर, वडा नम्बर १ को पुरुलगायत क्षेत्रबाट सदरमुकाम आउने बाटो पहिरोले रोक्नाका साथै खोलामा बाढी आएका कारण खोला छेउको बाटोसमेत पहिराले पुरेको छ ।
यसैगरी खनियाबास गाउँपालिकाको धार्नामा ठूलो पहिरो आएकाले आवतजावत गर्नसक्ने अवस्था नै नभएको वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij