Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको विरोध प्रदर्शन

भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको विरोध प्रदर्शन

  • 947
    SHARES
  • भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको विरोध प्रदर्शन

    काठमाडौं । भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् ।

    आइतबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको अगुवाईमा कोटेश्वरमा प्रदर्शन गरिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेजीको निर्णय गरेपछि सुकुम्बासी, भूमिहीनले सो निर्णयप्रति विरोध जनाउँदै आएका छन् ।

    सरकारको उक्त निर्णयले लाखौं भूमिहीनलाई चोट पुगेको संगठनको ठहर छ । प्रदर्शनको क्रममा संगठनले तत्काल निर्णय बदर नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    आयोग खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आयोग अध्यक्ष देवी ज्ञवालीले आइतबार रिट दर्ता गराएका छन् । शुक्रबार पनि सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij