Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अध्ययन भन्छ-काेराेना संक्रमणले बालबालिकालाई गम्भिर असर गर्दैन

अध्ययन भन्छ-काेराेना संक्रमणले बालबालिकालाई गम्भिर असर गर्दैन

  • 509
    SHARES
  • अध्ययन भन्छ-काेराेना संक्रमणले बालबालिकालाई गम्भिर असर गर्दैन

    एजेन्सी । कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालबालिकालाई धेरै असर गर्न सक्ने अनुमानहरु सार्वजनिक भइरहँदा किङ्गस कलेज लन्डनको एक अनुसन्धानले अभिभावकलाई राहत पुग्ने निश्कर्ष सार्वजनिक गरेको छ ।

    द लैनसेट चाइल्ड एन्ड अडोलेसेन्ट हेल्थ जर्नलमा यसैसाता छापिएको अध्ययन रिपोर्टका अनुसार कोभिड–१९ संक्रमित बालबालिकाहरु ६ दिनमै निको हुन्छन् ।बालबालिकालाई फोक्सो संक्रमणको जोखिमपनि न्युन रहेको छ । 

    यसरी गरियाे अध्ययन 
    किङ्गस कलेज लन्डनले यो अध्ययन कोभिड एप ‘जो’को माध्यमबाट गरेको थियो । यस एपको प्रयोग अभिभावक र बालबालिकाको हेरचाह गर्ने व्यक्तिहरुले गर्ने गर्छन् । एपमा ५ देखि १७ वर्षका करिब २.५ लाख बालबालिकाको हेल्थ डाटा रहेको छ । 

    अध्ययनमा १७ सय ३४ बच्चाहरुलाई संक्रमण भएदेखि निरन्तर निगरानी गरिएको थियो । संक्रमितमध्ये जसमा ५ देखि ११ वर्षका बालबालिका संक्रमणमुक्त हुन ५ दिन लागेको थियो । 

    त्यसैगरि १२ देखि १७ वर्षका किशोरकिशोरी संक्रमणमुक्त हुन ७ दिन लागेको थियो । यसमा धेरै कम बच्चा यस्ता थिए जसलाई कोरोना संक्रमणका लक्षण ४ हप्तासम्म देखियो । यो दर २० मध्ये एकजनामा थियो । 

    अनुसन्धानकाअनुसार बालबालिकामा कोभिड–१९ संक्रमणको गम्भिर लक्षण हुने जोखिम धेरै नै कम हुन्छ । बच्चाहरुमा साधारणतया टाउको दुख्ने, थकान, घाँटीमा खसखस र गन्ध थाहा नहुने जस्ता लक्षण देखिन्छन् ।

    किङ्गस कलेजका प्रोफेसर एम्मा डंकनकाअनुसार संक्रमण पश्चात बालबालिकामा मानसिक रुपमा कुनै समस्या देखिएन । 

    भारतमा पनि बालबालिकामा कोरोना संक्रमणका सामान्य लक्षण पुष्टि भएका छन् । नारायणा मल्टीस्पेशलिटी हस्पिटलकी पीडियाट्रिशियन डा. उर्वशी राणाकाअनुसार संक्रमणको पहिलो र दोस्रो लहरमा बालबालिकामा सामान्य लक्षण देखिएको थियो । यी लक्षणहरु ७ देखि १० दिनभित्र निको भए । धेरै कम बच्चामा ४ हप्तापछिसम्म लक्षण देखिएका थियो । 

    त्यसैगरि फोर्टिस अस्पतालका चिकित्सककाअनुसार डिसेम्बर देखि जनवरीको तथ्याङ्कमा बालबालिकामा संक्रमण भएपनि वयस्कको तुलनामा बच्चामा गम्भिर अवस्था भएन । धेरै कम संक्रमित बालबालिकालाई अस्पताल वा आइसीयूमा भर्ना गर्नु परेको थियो । 

    निषेधाज्ञाका कारण बालबालिकाहरु विभिन्न समस्याबाट गुज्रिरहेका छन् । चिकित्सककाअनुसार धेरै बालबालिकाले मानसिक समस्याको सामना गर्नु परेको छ । घरमै बसेर दिनभरी टिभी, मोबाइल र ल्यापटप समय बिताउने हुँदा शारीरिक क्रियाकलापमा कमी आएको छ । घरमा बसेर बालबालिकामा मोटोपनको समस्या बढिरहेको छ । त्यसैले चिकित्सकहरु बच्चाहरुलाई शारीरिक व्यायाम, खेल, नाचगानमा व्यस्त राख्न अभिभावकलाई सुझाएका छन् । 

    पीडियाट्रिशियन डा. राणाले बालबालिकामा हल्का लक्षण देखिने भएपनि समाजमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम भने रहेको बताइन् । उनकाअनुसार बालबालिकामा हल्का लक्षण भएपनि अरुलाई फैलाउने संभावना भने हुन्छ । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij