Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले नेताहरु बैठकस्थल पुग्ने क्रम जारी, केन्द्रीय कमिटीअघि स्थायी कमिटी बैठक बस्दै

एमाले नेताहरु बैठकस्थल पुग्ने क्रम जारी, केन्द्रीय कमिटीअघि स्थायी कमिटी बैठक बस्दै

  • 583
    SHARES
  • एमाले नेताहरु बैठकस्थल पुग्ने क्रम जारी, केन्द्रीय कमिटीअघि स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा लाने एजेण्डाबारे छलफल गर्न ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा स्थायी कमिटी बैठक बसेको हो । 

    नेपाल पक्षले भने आज बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटको बैठकको कानुनी वैधता नै नरहेको दाबी गर्दै बैठकमा अनुपस्थित हुने अघोषित निर्णय गरिसकेको छ ।

    विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

    भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारबाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।

    एमाले संस्थापनले आइतबार नै बस्ने भनेको बैठक वरिष्ठ नेता नेपालपक्षको आग्रहमा सोमबारलाई सारिएको हो । नेपाल पक्षले भने आज बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटको बैठकको कानुनी वैधता नै नरहेको दाबी गर्दै बैठकमा अनुपस्थित हुने अघोषित निर्णय गरिसकेको छ । जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij