Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

  • 129
    SHARES
  • अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

    काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो । हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

    निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । गिरीका अनुसार चलचित्रको छायांकन (सुटिङ) चलिरहेका बेला निरौलालाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । त्यसपछि टोली केही समय अन्योलमा परेको र चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन् ।

    उनले प्रारम्भिक चरणमा उपचारका लागि भारत जानुपर्ने सुझावहरू आएपनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा। बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको बताएका छन् । गिरीले भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल निरौला आइसियूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेकी जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij