Logo

२०८३, कार्तिक १८ गते मंगलवार

२०८३, कार्तिक १८ गते मंगलवार

देशको आर्थिक विकासमा महिला उद्यमीको भूमिका महत्वपूर्ण : सरोज खनाल

देशको आर्थिक विकासमा महिला उद्यमीको भूमिका महत्वपूर्ण : सरोज खनाल

  • 115
    SHARES
  • देशको आर्थिक विकासमा महिला उद्यमीको भूमिका महत्वपूर्ण : सरोज खनाल

    काठमाडौं । अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् । मञ्जिला ब्युटी पार्लरको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे ।

    उनले संस्थापक मञ्जिलाको नामको अर्थ ‘भाग्यमानी’ रहेको भन्दै त्यो भाग्यसँगै निरन्तरको मेहनत र समर्पणले संस्था यो उचाइमा पुगेको बताए । उनले भने, ‘१५ वर्षसम्म कुनै संस्था टिक्नु भनेको त्यसले केही राम्रो काम गरेको प्रमाण हो । मञ्जिलाजीलाई हार्दिक बधाई छ । उहाँले अब नयाँ उत्पादन पनि सार्वजनिक गर्नुभएको छ, यसले अझ सफलता प्राप्त गरोस् भन्ने शुभकामना छ ।’ खनालले ठूलो संख्यामा नेपाली पुरुष रोजगारीका लागि विदेशिन बाध्य भएकाले देशको जिम्मेवारी अहिले धेरै हदसम्म महिलाको काँधमा आएको उल्लेख गरे । 

    उनले भने, ‘अबको नेपाल महिलाले चलाउने देश हो । लाखौं पुरुष विदेशमा पसिना बगाइरहेका छन् । देशभित्र बसेर उद्योग, व्यवसाय र उद्यममार्फत देश निर्माण गर्ने जिम्मा महिलाले नै सम्हालिरहेका छन्। देशको विकास भाषणले होइन, यस्ता उद्यमीहरूले गर्छन् ।’ कार्यक्रममा उनले नेताहरूको भाषणभन्दा उद्यम र उत्पादनले देशलाई अघि बढाउने धारणा व्यक्त गर्दै महिला उद्यमीहरूको योगदानको प्रशंसा गरे ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij