Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आज थपिए ३६५१ संक्रमित, २२ जनाको मृत्यु 

आज थपिए ३६५१ संक्रमित, २२ जनाको मृत्यु 

  • 537
    SHARES
  • आज थपिए ३६५१ संक्रमित, २२ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ५९४ जनाको नुमना परीक्षण गर्दा ३६ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।

    यो अवधिमा १७८४ जना संक्रमणमुक्त भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमित ३६ हजार २८८ जना छन् । जसमध्ये ३२,९०७ होम आईसोलेसनमा र ३,३८१ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ७४१ आईसीयूमा र १८६ जना भेन्टिलेटरमा उपचारत छन् । 

    संक्रमणबाट आज थप २२ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमणकै कारण हालसम्म १० हजार ११५ जनाको निधन भइसकेको छ । 

    हालसम्म नेपालमा ७ लाख ८३ हजार ३५५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ६ लाख ६९ हजार २९९ जना निकाे भइसकेका छन् । नेपालमा संक्रमित निकाे हुने दर ९३.६ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij