Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अब इसीडी शिक्षकको तलब के होला ? सरकारले गर्यो यस्तो निर्णय 

अब इसीडी शिक्षकको तलब के होला ? सरकारले गर्यो यस्तो निर्णय 

  • 15.3K
    SHARES
  • अब इसीडी शिक्षकको तलब के होला ? सरकारले गर्यो यस्तो निर्णय 

    काठमाडौं । सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    images

    उनले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।,’

    यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलब बढाएको थियो । 

    केन्द्र सरकारले तलब तोकेर स्थानीय तहलाई पठाए पनि स्थानीय तहले तलब दिन आनाकानी गरेका छन् । तोकिएको तलब नपाएपछि यतिखेर देशभरका इसीडी तथा विद्यालय कर्मचारी आन्दोलनमा छन् । 

    सरकारले सोमबार गरेको निर्णयअनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारीले अब १५ तलब पाउनेछन् । केन्द्र सरकारले तोकेको ८ हजार रुपैयाँमा ७ हजार थपेर स्थानीय तहले १५ हजार दिनुपर्छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology