वेबटिभी खबर
काठमाडौं– मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । नवलपरासीमा मोटरसाइकलले ठक्कर दिएका वाग्लेको गएराति भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।
तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए । बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij