वेबटिभी खबर
सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा कार्यरत दुईजना कर्मचारीलाई कोरोना पुष्टि भएप्छि बुधबारदेखि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिइन् ।
नागरिकता फाँटमा कार्यरत दुई कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षणहरु देखिएपछि कार्यालय बन्द गरिएको हो ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै सेवा बन्द हुने जानकारी गराएको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० वटासम्म नेपाली नागरिकता लिने र सोही संख्यामा राहदानी लिन कार्यालयमा सेवाग्राही आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij