Logo

२०८३, भाद्र ८ गते सोमवार

२०८३, भाद्र ८ गते सोमवार

राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्छ : सांसद शेर्पा

राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्छ : सांसद शेर्पा

  • 71
    SHARES
  • राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्छ : सांसद शेर्पा

    काठमाडौं । सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताए।

    सांसद शेर्पाले भने, ‘आरोहण र पर्यटन क्षेत्रमा राजनीतिक तथा नीतिगत तहबाट कुनै गल्ती वा कमजोरी भएको छ भने तपाईँहरूको लागि र मेरो आफ्नो लागि आवाज उठाउनेछु ।’ नेपालको पर्यटन र यसको सम्भावनाका साथै नेपाली आरोहीलाई स्वदेशमै बस्ने र अवसर पाउने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट भएर बोल्नुपर्ने उनको भनाइ थियो। सांसद शेर्पाले जुनसुकै संघसंस्था वा राजनीतिक क्षेत्रमा रहेपनि पर्यटन तथा आरोहण क्षेत्रको हितका लागि निष्पक्ष रूपमा आवाज उठाउन आवश्यक रहेको बताए ।

    नेपाली आरोहीको हितमा एकजुट भएर आवाज उठाउन नसकिए सम्मानित आरोहीहरू समेत देश बाहिर गएर बस्नुपर्ने अवस्था सिर्जना हुने उनले उल्लेख गरे। ‘हामी जुनसुकै संघसंस्था, राजनीतिमा भएपनि निष्पक्ष रूपमा नेपालको पर्यटन र सम्भावना तथा नेपाली आरोहीहरूलाई नेपालमा बस्ने र अवसर दिने माध्यमका लागि एकजुट भएर बोलिएन भने पर्यटन क्षेत्र र विशेषगरी आरोही क्षेत्रमा विभिन्न सम्मानित आरोहीहरू देश बाहिर गएर बस्ने वातावरण निर्माण हुन्छ,’ उनले भने, ‘त्यो आज पनि भइरहेको छ, दुःखका साथ भन्नुपर्छ,’ सांसद शेर्पाले भने । सांसद शेर्पाले सगरमाथालाई केवल हिमालका रूपमा मात्र बुझ्न नहुने बताए। सगरमाथा नेपालको गौरव, सान र अन्तर्राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै उनले यसको संरक्षण र प्रवर्द्धनसँगै आरोहीहरूको हितलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij