Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गगनले भने – वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर

गगनले भने – वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर

  • श्रावण २७, २०७८ बुधवार ०८:१८ बजे
  • 819
    SHARES
  • गगनले भने – वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर

    काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले वैकल्पिक माध्यमबाट परिक्षा संचालन गराउँदा पनि सुरक्षा मापदण्ड पालना नगरी परिक्षाा संचालन भइरहेको बताएका छन्। बुधबार बिहान सामाजिक संजाल मार्फत थापाले वैकल्पिक माध्यमबाट परिक्षा संचालन गरिनुपर्ने बताएका हुन्।

    images

    ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न  ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्,’ उनले भनेका छन्, ‘एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।’

    उनले कोरोना संक्रमणको तेस्रो लहर आउने बताइएपछि परिक्षा संचालन गरेर जोखिम बढाइएको बताए। ‘एकातिर स्वास्थ्य मन्त्रालयले   तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ ।तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर,’ उनले भनेका छन्।

    यसविषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको उनले भनाइ छ। देउवाले यस विषयमा पहलकदमी लिने विश्वास दिलाएको उनले बताएका छन्।

    ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ उनले भनेका छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology