Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनीका थप दुई जना मन्त्री राजिनामा दिने

लुम्बिनीका थप दुई जना मन्त्री राजिनामा दिने

  • श्रावण २७, २०७८ बुधवार १०:१५ बजे
  • 427
    SHARES
  • लुम्बिनीका थप दुई जना मन्त्री राजिनामा दिने

    लुम्बिनी– लुम्बिनी प्रदेशका थप दुई जना मन्त्रीले राजिनामा दिने भएका छन्। जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका हुन्। 

    भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिने तयारी गरेका हुन्। यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।

    उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij