Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन एक घण्टाका लागि स्थगित

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन एक घण्टाका लागि स्थगित

  • 756
    SHARES
  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन एक घण्टाका लागि स्थगित

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको जारी विशेष अधिवेशन बैठक १ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक तीन पैतालिस बजे बस्ने गरी १ घण्टाका लागि स्थगित गरिएको हो । 

    अब बैठकमा मुख्यमन्त्री पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिने कार्यसुची छ । यसअघि प्रदेशसभामा सांसद वीरेन्द्रकुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि विपक्षी दलका सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । सत्तारुढ दलका सांसदहरुको अनुपस्थितिमै अधिवेशन बसेको हो । 

    प्रदेशसभा अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले राजीनामा स्वीकृत गरेको पत्र प्रदेशसभामा पठाइसकेकाले अविश्वास प्रस्तावमाथि छलफल जारी रहेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij