Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

कुलमानको प्रतिक्रिया- जनताले मप्रति राखेको विश्वास टुट्न दिन्नँ

कुलमानको प्रतिक्रिया- जनताले मप्रति राखेको विश्वास टुट्न दिन्नँ

  • 278
    SHARES
  • कुलमानको प्रतिक्रिया- जनताले मप्रति राखेको विश्वास टुट्न दिन्नँ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सबै कर्मचारीको सहयोगबाट प्राधिकरणलाई थप उचाइमा पुर्याउने प्रविद्धता व्यक्त गरेका छन् । ठूलो चुनौती स्वीकारेर आफू यो पदमा दोस्रो पटक नियुक्त भएको उनले प्रतिक्तिया व्यक्त गरे ।

    बुधबार प्राधिकरणमा उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सबैको सहयोग र टीमवर्कलाई विश्वास राख्दै आफूले प्राधिकरणलाई उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए ।

    ‘दोस्रो कार्यकालका लागि ठूलो चुनौती स्वीकारेर आएको छु । यो जति ठूलो चुनौति मलाई अरु केही हुनेछैन,’ घिसिङले भने । 

    kulmangh.jpg

    विगतदेखि नै जनताले प्राधिकरणमा फेरि कुलमान नै आएर  नेतृत्व गर्न अपेक्षा राखेकोप्रति उनले सबैलाई धन्यवाद व्यक्त गरे । बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै घिसिङले अघिल्लो कार्यकालजस्तै यो कार्यकालमा पनि जनताले आफूप्रति गरेको विश्वास टुट्न नदिने प्रतिक्रिया व्यक्त गरे । 

    प्राधिकरणमा घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको र यसअघिका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सोही अवधिका लागि लागि ऊर्जा आयोगमा पठाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology