वेबटिभी खबर
काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।
बाढीका कारण गत १० गते बिहान १०ः३० बजेदेखि रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । यी सडक खण्डहरू अर्को सूचना नआएसम्मका लागि बन्द नै रहने जनाइएको छ । पहिरो खसेका कारण बेनी-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण गत ८ गते दिउँसो १६ बजेदेखि अवरुद्ध रहेको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक हाल एकतर्फी रूपमा सुचारु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बुलिङ्टार गाउँपालिका-६ घुमाउरी घाटमा असोज १० गते बेलुकी १९ः३० बजे गएको पहिरोपछि सडक एकतर्फी सुचारु गरिएको छ । त्यस्तै, सोही करिडोरको बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६स:४५ बजे गएको पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र चलेको छ भने उक्त स्थानबाट ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij