Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

  • 167
    SHARES
  • कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि खाना खाजाको व्यवस्था, आवासदेखि पार्किङसम्मको तयारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि आवाससँगै खाना–खाजाको व्यवस्थापनसमेत मिलाइएको छ । महाधिवेशनका लागि देश तथा विदेशबाट काठमाडौं आउने प्रतिनिधिहरूलाई सहज हुने गरी व्यवस्थापनका विभिन्न तयारी अघि बढाइएको कांग्रेसले जनाएको छ ।

    कांग्रेस प्रवक्ता तथा १५औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेका अनुसार महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । प्रतिनिधिहरूले सहभागिता दर्ताबापत प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने व्यवस्था मिलाएको छ ।

    प्रतिनिधिहरूले आवाससम्बन्धी जानकारी ह्वाट्सएप एआई नम्बर तथा एसएमएसमार्फत प्राप्त गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खाना तथा खाजाको व्यवस्थापन पनि महाधिवेशन व्यवस्थापनअन्तर्गत गरिएको छ । देश तथा विदेशबाट आउने प्रतिनिधिहरूको ठूलो संख्यालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन मिलाइएको कांग्रेसले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    प्रतिवेदनमाथि भूगोलका आधारमा समूह विभाजन गरी तीन फरक हलमा छलफल गरिनेछ । सहभागीले प्रत्येक हलमा राखिएका डिजिटल बोर्डमार्फत प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ । यसैबीच, निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका निजी कार तथा मोटरसाइकल पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ । ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ । ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ मूल नारासहित हुन लागेको महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नीति, कार्यक्रम तथा राजनीतिक मार्गचित्र तय गर्ने कांग्रेसको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij