वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै कालीकोटमा शेर बहादुर देउवा पक्षले जिल्ला अधिवेशनको तयारी थालेको छ । देउवा पक्षले जिल्लाका नौ वटै स्थानीय तहसहित प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन तयारी संयोजक तोकेर अधिवेशनको तयारी तिब्र पारेको हो । अधिवेशन तथा निर्वाचन तयारीलाई व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहमा संयोजकको जिम्मेवारी तोकेको जिल्ला संयोजक मातृका सिंहले बताए।
बैठकले ‘क’ प्रदेशको संयोजकमा मनराज शाही र ‘ख’ को संयोजकमा मेगराज बिष्टलाई जिम्मेवारी दिएको छ । स्थानीय तहअनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, शुभकालिका गाउँपालिकामा कटकबहादुर शाही, तिलागुफा नगरपालिकामा धर्मराज शाही, महाबै गाउँपालिकामा नरहरी शाही, नरहरिनाथ गाउँपालिकामा धु्रबविक्रम शाही, सान्नीत्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, रास्कोट नगरपालिकामा भीमबहादुर शाही, पचालझरना गाउँपालिकामा टेकबहादुर बोगटी र पलाता गाउँपालिकामा दिलु बमलाई संयोजक तोकिएको संयोजक सिंहले जानकारी दिए ।
देउवा पक्षले स्थानीय तहदेखि प्रदेश निर्वाचन क्षेत्रसम्म जिम्मेवारी बाँडफाँट गरेसँगै अधिवेशन तयारीले गति लिएको अहिले धमाधम वडा अधिवेशन भइरहेको संयोजक सिंहले बताए । उनले अहिले वडा र पालिका अधिवेशन भइरहेको जानकारी दिए । संयोजकहरुको जिम्मेवारीसँगै वडा र स्थानीय तहमा अधिवेशन तयारी, कार्यकर्ता परिचालन तथा संगठनात्मक गतिविधि थप सक्रिय भएको उनको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij