Logo

२०८३, आश्विन २० गते मंगलवार

२०८३, आश्विन २० गते मंगलवार

कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

  • 70
    SHARES
  • कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। कैलालीको धनगढीमा रहेर लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको उत्कृष्ट सेवा, उच्च पेसागत अनुभव र दृढ राजनीतिक प्रतिबद्धताका साथ पार्टीको नीति निर्माण तहमा प्रभावकारी योगदान दिने संकल्पसहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

    डा.मिश्रको राजनीतिक यात्रा निकै लामो छ। उनका पिता नारायण मिश्र नेपाली कांग्रेसका निष्ठावान्, लोकप्रिय र जनप्रेमी नेताका साथै तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति हुन्। पिताको राजनीतिक सक्रियताका कारण बाल्यकालदेखि नै घरमा शीर्ष नेता, विचारशील कार्यकर्ता र बौद्धिक व्यक्तित्वहरूको निरन्तर जमघट हुन्थ्यो। यही लोकतान्त्रिक वातावरणमा हुर्किएका डा। मिश्रमा सानै उमेरदेखि गहिरो राजनीतिक चेतना, बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र लोकतान्त्रिक मूल्य मान्यताप्रति अगाध आस्था निर्माण भयो।

    उनले आफ्नो विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)को झन्डामुनि रहेर लोकतन्त्र र विद्यार्थी हक९हितका पक्षमा निरन्तर आवाज उठाएका थिए। २००७ मा प्रतिष्ठित काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका मिश्रले २०१५ देखि आफ्नो गृह नगर धनगढीमा नवजात शिशु तथा बालरोग विशेषज्ञका रूपमा सेवा प्रारम्भ गरे। दैनिक रूपमा सयौँ बिरामीहरूको प्रत्यक्ष उपचार गर्ने क्रममा उनले सुदूरपश्चिमका ग्रामीण तथा विपन्न समुदायका नागरिकहरूले भोग्नुपरेको गम्भीर र जटिल स्वास्थ्य समस्याहरूलाई नजिकबाट नियाल्ने अवसर पाए। 

    नेपालको विद्यमान स्वास्थ्य प्रणालीले सहजर र सुलभ उपचारको संवैधानिक अधिकारलाई सुनिश्चित गर्न नसकेको तथा अझैँ पनि थुप्रै नागरिक उपचारको पहुँच बाहिर रहेको यथार्थले उनको हृदय छोयो। बिरामीको उपचारसँगै व्यक्तिगत तवरबाट विपन्न बिरामीलाई आर्थिक सहयोग गर्दै आएका डा। मिश्रले केवल व्यक्तिगत सहयोगले समाजको बृहत् समस्या समाधान हुन सक्दैन, त्यसका लागि नीतिगत तहमै आमूल परिवर्तन ल्याउनु अनिवार्य रहेको महशुस गरे। ‘राजनीति नै सबै नीतिको मूल नीति हो। स्वास्थ्य र सामाजिक नीतिको पुनसंरचना राजनीतिक तहबाटै हल गर्न सकिने विषय हो। त्यसैले म नीतिगत रुपमै जनताको पक्षमा काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ कांग्रेसको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छु। त्यहाँ रहेर मैले विषय विज्ञका रुपमा काम गर्ने छु। पार्टीलाई स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सुझाव दिने छु। सरकारलाई ती योजना कार्यान्वयनका लागि पार्टीबाटै दबाब दिन आग्रह गर्ने छु,’ उम्मेदवारी घोषणा गर्दै मिश्रले भने।

    आफ्नो पेसागत वृत्तमा मिश्र एक कुशल संगठक र नेतृत्वकर्ताका रूपमा स्थापित व्यक्ति हुन्। उनले नेपाल चिकित्सक संघ, सुदूरपश्चिम शाखाको पूर्वसचिव र पूर्वअध्यक्षका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन्। यसैगरी, उनी प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको संयोजकका रूपमा लोकतान्त्रिक पेसाकर्मीहरूलाई एकाबद्ध बनाउन निरन्तर क्रियाशील रहँदै आएका छन्। मिश्रले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री गोबिन्द बोहराको विज्ञ सल्लाहकार भएरसमेत काम गरिसकेका छन्। उनले स्वास्थ्य सेवाको लामो अनुभव र विषयगत विशेषज्ञतालाई पार्टीको नीति, योजना र निर्णय प्रक्रियामा व्यावहारिक रूपमा समावेश गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

    उनको मुख्य प्राथमिकता नेपालका हरेक विपन्न र पहुँचविहीन नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको ग्यारेन्टीका लागि राष्ट्रिय स्वास्थ्य नीतिमा व्यापक सुधार ल्याउनु रहेको छ। यसका साथै, डा।मिश्रले बुद्धिजिवी, चिकित्सक, इन्जिनियर र अन्य पेसागत समूहका आवाजहरूलाई पार्टीको मूलधारमा जोड्दै लोकतान्त्रिक मूल्य मान्यताका आधारमा पार्टीलाई संस्थागत रूपमा सुदृढ र आधुनिक बनाउने अटोट संकल्प लिएका छन्। उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अमूल्य मतदान गरेर विजयी गराउन आग्रहसमेत गरेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij