Logo

२०८३, आश्विन २२ गते बिहिवार

२०८३, आश्विन २२ गते बिहिवार

देशभरका कुन-कुन राजमार्ग र सडकखण्ड प्रभावित ?

देशभरका कुन-कुन राजमार्ग र सडकखण्ड प्रभावित ?

  • 95
    SHARES
  • देशभरका कुन-कुन राजमार्ग र सडकखण्ड प्रभावित ?

    काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

    रसुवास् बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ ।

    रघुगंगा गाउँपालिका वडा नं.२, बैसरीस्थित बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं.३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij